काठमाण्डौँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडकखण्डमा सवारी प्रवेशमा रोक लगाइएको छ। राजमार्ग अन्तर्गत दमौली–डुम्रे सडक खण्डको सडक भासिएपछि सहज आवतजावत हुन नसेकपछि मर्मतका लागि सवारी प्रवेशमा रोक लगाइएको हो। डाइभर्सन राखी सञ्चालन गरिएको सडक पुनः अवरुद्ध भएपछि दुई दिनका लागि ठूला सवारी प्रवेशमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
अविरल वर्षापछि बन्दिपुर गाउँपालिका–१ नाहालामा सडक भासिएपछि बनाइएको बैकल्पिक मार्गमा समेत सवारी साधन फसेर अवरुद्ध भएकाले दुई दिन प्रवेशमा रोक लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।