शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चितवनको माडी कुसुमखोलाका चेपाङको घर व्यवस्था गर्न प्रचण्डको निर्देशन

चितवनको माडी कुसुमखोलाका चेपाङको घर व्यवस्था गर्न प्रचण्डको निर्देशन

नागरिक पाटी

१३, श्रावण २०७७
  • 6.7K
    SHARES
  • चितवनको माडी कुसुमखोलाका चेपाङको घर व्यवस्था गर्न प्रचण्डको निर्देशन

    चितवन। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीको कुसुमखोलाका विस्थापितलाई तत्काल घरको व्यवस्था गर्न निर्देशन दिनुभएको छ । उहाँले माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाललाई टेलिफोन गरी तत्काल बासस्थानको व्यवस्थापन गर्न भन्नुभएको हो ।

    images
    images

    चितवन राष्ट्रिय निकञ्जको क्षेत्रमा पर्ने कुसुमखोलामा बसोबास गर्नेहरुको घरगोठ निकुञ्जले हटाएपछि उनीहरु विस्थापित भएका छन् । निकुञ्ज प्रशासनले उनीहरुको अन्यत्र घर भएको र खेती गर्न आउँदा बस्ने पुरानो ठाउँको मचान र टहरा भत्काएको जनाउँदै आएको छ भने माडी नगरपालिकाले उनीहरुमध्ये दुई परिवारको अन्यत्र घर नभएको र बसिरहेको ठाउँ निकुञ्जले आगो लगाएको जनाएको छ ।


    कुसुमखोला घटनापछि दाहालपुत्री भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सो क्षेत्रमा आफैँ पुगेर अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । उहाँले भन्नुभयो, “घटना दुःखद हो । यसबाट अध्यक्ष दाहाल पनि चिन्तित हुनुहुन्छ ।” विस्थापित भएकालाई तत्काल बासस्थानको व्यवस्थापन गर्न नगरप्रमुख ढकाललाई अध्यक्ष दाहालले भनिसक्नुभएको उहाँले बताउनुभयो ।

    केही दिनअघि बाढीबाट प्रभावित भएका र नारायणी नदीको कटानको अवस्थाका बारेमा बुझ्न आउनुभएका पूर्वप्रधानमन्त्री दाहालले माडीका बाढी प्रभावितलाई समेत भेट गर्नुभएको थियो । दाहालको क्षेत्र भरतपुर महानगरको धेरै भाग र माडी नगरपालिका पर्दछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १३, २०७७ मंगलवार - १३:२४:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology