शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मकवानपुरको परेवाभीरमा सडक बनाउन जनप्रतिनिधिहरु प्रतिबद्ध

मकवानपुरको परेवाभीरमा सडक बनाउन जनप्रतिनिधिहरु प्रतिबद्ध

नागरिक पाटी

१३, श्रावण २०७७
  • 7.0K
    SHARES
  • मकवानपुरको परेवाभीरमा सडक बनाउन जनप्रतिनिधिहरु प्रतिबद्ध

    मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालसमक्ष दर्जनौँपटक लिखित र मौखिक ध्यानाकर्षण गराइँदा पनि उपेक्षामा परेको राक्सिराङ ५ स्थित परेवाभीर सडक निर्माणका लागि संघीय प्रतिनिधिदेखि वडातहसम्मका जनप्रतिनिधिहरु एकजुट भएका छन् ।

    images
    images

    संघीय सांसद विरोध खतिवडाको संयोजनमा बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरु, मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाका जनप्रतिनिधिहरुसहितको बैठकले यस्तो निष्कर्ष निकालेको हो । हाल मनहरीबाट परेवाभीर हुँदै राक्सिराङतर्फबाट मलेखु जोड्ने र कैलाशतर्फबाट आदमघाट जोड्ने सडक निर्माण गर्दा बीचमा पर्ने परेवाभीर खण्ड निर्माणको बिकल्प नरहेकोमा मकवानपुर क्षेत्र नं २ का सांसद विरोध खतिवडा, संविधानसभा सदस्य राजाराम स्याङ्तान, बागमती प्रदेश सभा सदस्य ओमबहादुर ग्लान र सन्तबहादुर चेपाङ, कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, मनहरी गाउँपालिका ८ का वडाध्यक्ष दिलबहादुर स्याङ्तान, राक्सिराङ गाउँपालिका ४ का वडाध्यक्ष सञ्जय कोइरालासहित सरोकारवालाको सहमति बनेको हो ।

    मनहरीस्थित मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिको सभाहलमा भएको छलफलमा मुख्यमन्त्री डोरमणि पौडेलले भनेजस्तो पेरवाभीर खण्डमा सडक निर्माणको कुनै बिकल्प नरहेको निष्कर्ष निकालिएको हो । बैठकमा राक्सिराङ गाउँपालिकाले गरेको डिपिआरबारे प्राविधिक छलफल भएको थियो । छलफलमा ठूला ठूला रड र कंक्रिट पर्खालहरु निर्माण गरी ४ मिटर बलियो बाटो निर्माण गर्न सकिने प्राविधिकहरुको अध्ययन प्रतिवेदनबारे राक्सिराङ गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिनुभएको थियो । उक्त खण्डमा ४ करोड लागतमा नदीको किनारबाट उकास गरी सडक बनाउन प्राविधिकहरु तयार रहेको जानकारी अध्यक्ष मल्लले दिएपछि संघीय सांसद विरोध खतिवडाले कहीँकतैबाट जोहो गरेर भए पनि बाटो निर्माण कार्य थाल्न मल्ललाई सुझाव दिनु भएको थियो ।

    ‘अहिले जति बजेट छ, कार्यान्वयन गर्नु’, सांसद खतिवडाले भन्नुभयो–‘बाँकी बजेटका लागि संघीय सरकारमा म पहल गर्नेछु भने मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रीलाई सम्बन्धित क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरुले पहल निरन्तर गरिरहनु ।’ मुख्यमन्त्रीको बोलीबाट जनता निराश भएको भन्दै संघीय सांसद खतिवडासहित सबै जनप्रतिनिधिहरुले अमुक ब्यक्तिहरुले मुख्यमन्त्रीलाई परेवाभीरका बारेमा गलत रिपोर्टिङ गरिदिएकाले यस्तो समस्या आएको बताएका थिए ।

    सांसद खतिवडाले राक्सिराङ र कैलाशको मात्रै समस्या नभई मनहरी गाउँपालिकाको आर्थिक विकास, बजारको समुन्नतिका लागि पनि परेवाभीरको सामरिक महत्व भएकाले मनहरी गाउँपालिकाले समेत परेवाभीर खण्डमा लागत सहभागितामा सहभागिता जनाउनुपर्ने बताउनु भएको थियो । जनपत्रको सहयोगमा

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १३, २०७७ मंगलवार - १४:१७:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology