शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मकवानपुरको साविक हाँडीखोलामा ५ वटा पक्की पुल निर्माण हुँदै

मकवानपुरको साविक हाँडीखोलामा ५ वटा पक्की पुल निर्माण हुँदै

नागरिक पाटी

१३, श्रावण २०७७
  • 14.5K
    SHARES
  • मकवानपुरको साविक हाँडीखोलामा ५ वटा पक्की पुल निर्माण हुँदै

    मनहरी । मकवानपुरको साविक हाँडीखोलामा एकैसाथ ५ वटा पक्की पुल निर्माण हुने भएको छ । मनहरी गाउँपालिकाले ५३ करोड रुपैयाँमा ५ वटा पक्की पुल निर्माण गर्न लागेको हो । मनहरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ मा ५ वटा पक्की पुल निर्माणको लागि बोलपत्र आब्हान गरेको थियो । केहीदिन भित्रै बोलपत्र खोलिने र सार्बजनिक खरिद ऐन अन्र्तगत निर्माण कम्पनीसँग पुल निर्माणको सम्झौता गरिने गाउँपालिकाले जनाएको छ ।

    images
    images

    बिभिन्न १७ वटा निर्माण कम्पनीले बोलपत्र पेश गरेका छन् । गाउँपालिकाको कूल ५३ करोड लागतमा न्यूनतम ६ मिटर चौडाईको ५ वटा पक्की पुल निर्माणको काम सुरु भएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनु धएको छ । पुल निर्माण भएपछि साबिक हाँडीखोला गाविस हाल मनहरी गाउँपालिकाको ५ वटा वडाबासीलाई बाह्रैमहिना सडक पहुँच बिस्तार हुने भएको छ । पर्सा राट्रिय निकुञ्जको मध्यबर्ती क्षेत्रमा पर्ने हाँडीखोलामा बेमौसमी तरकारी उत्पादन हुने गरेको छ ।

    साँढे २ बर्षमा सबै पुल निर्माण सक्ने गरी बोलपत्र आब्हान गरिएको हो । गुरुयोजना बनाई पुल निर्माणको लागि ठेक्का आह्वान भइसकेको उप्रतीले बताए । उनका अनुसार चालु आवमा मात्रै ५ वटा पक्की पुलको लागि १२ करोड रुपैयाँ विनियोजन गरिएको छ । वडा नम्वर १ देखि ४ सम्मका विभिन्न ५ स्थानमा पक्की पुल निर्माण गर्दा साबिक हाँडीखोला गाविसका ४ हजारभन्दा बढी घरघुरीले प्रत्येक्ष रुपमा लाभ लिन सक्ने अध्यक्ष उप्रतीले बताए । पूर्बपश्चिम राजमार्गसँग नजिकै भएर पनि राप्तीखोलाका कारण बर्षातको समयमा समस्या भोग्दै आएका स्थानीय पुल निर्माणको खबरले खुशी भएका छन् ।

    अध्यक्ष उप्रेतीका अनुसार वडा नम्वर ३ लामिटार र वडा नम्वर ४ जोड्ने ट्वाङ्ग्रा खोला पुल, वडा नम्वर ४ गोलघरदेखि वडा नम्वर ३ मिलडाँडा जोड्ने मसिने खोला पुल, वडा नम्वर २ देखि वडा नम्वर १ जोड्ने च्यापल खोला पुल निर्माण गरिने भएको हो । त्यसैगरी वडा नम्वर ३ हाँडीखोलाको कौगेडीदमारमा बन्ने पुल र वडा नम्वर ३ भुन्दु्रङ्बाट पाल्दमार जोड्ने ठाडेखोलामा पुल निर्माण भएपछि बर्षातमा पनि हेटौंडासँग यातायात पहुँचको बिस्तार हुने छ ।

    वडा नम्वर ३ को हाँडीखोला पुलमा सबैभन्दा कम करिब ८ करोड रुपैयाँ लागत अनुमान गरिएको छ भने वडा नम्वर ३ कै भुन्दु्रङबाट पाल्दमार जोड्ने ठाडेखोला पुलमा सबैभन्दा बढी करिब १३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । गाउँपालिकाले बागमती प्रदेश सरकार र संघीय सरकारसँग पनि पुल निर्माणका लागि लगानी अपेक्षा गरिएको अध्यक्ष उप्रेतीले बताए । गाउँपालिका आफ्नै स्रोतबाट निर्माण गर्न नसकिने भएपछि प्रदेश सरकार र संघीय सरकारसँग सहयोगको अपेक्षा गरिएको बताइएको छ । प्रहर खबरको सहयोगमा

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १३, २०७७ मंगलवार - १८:०२:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology