धादिङ । मेगा बैंक धादिङका सवारी चालकमा पिसिआर पोजेटिभ आएपछि बैंकले सेवा बन्द गरेको छ । चालकमा पिसिआर रिपार्ट पोजेटिभ भएको रिपोर्ट पहिला चालकलाई आयो । त्यस पछि हामीले पनि जानकारी पायौ र सेवा बन्द ग(यौ ।
अब प्रमुख जिल्ला अधिकारी र केन्द्रिय कार्यालयमा जानकारी दिंदै छु शाखा प्रमुख अभिषेक खनालले बताए । धादिङबेशीमा मेगा बैंकको दुइवटा शाखामा २२ जना कर्मचारी छन् । मेगा बैंकमा हालै मात्र गाभिएको गण्डकी विकास बैंकको शाखा हालसम्म छुट्टै रहेको छ । तर उहाँहरुपनि अफिस समय सकिएपछि नियमित मेगा बैंकको पुरानो शाखामा आउनु हुन्छ । दुवै शाखामा बैंक प्रशासनमा १३ जना सुरक्षा गार्ड पाँच जना, चालक एक जना र म्यासेन्जर तीन जना रहेका छन् ।
मेगा बैंकका सवारी चालक आँखाको अप्रेशन गर्न पिसिआर रिपार्ट अनिर्वाय भनेपछि नीलकण्ठ नगरपालिकाबाट स्वाँव परिक्षण गर्न गएका थिए ।
“पिसिआर पोजेटिभ भएकाहरुको सम्पर्कमा आएकाहरुको पहिचान गरेर पिसिआर चेकजाँच गराउछौ । तर पिसिआर पोजेटिभ भएको मानिसबाट अरुमा सरेर भाइरस सक्रिया हुन एक साता लाग्ने भएकोले पहिलो संक्रमति व्यक्तिको पिसिआर चेकजाँचका लागि नमूना संकलन गरेको दिनबाट गणना गरेर लिदाँ राम्रो हुने स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर भुवन पौडेलले बताए । “
सवारी चालकलाई पिसिआर पोजेटिभ भएपछि कोरोना भाइरस समुदायस्तरमा प्रवेश गरिसकेको हो कि भन्ने त्रास समुदायमा परेको छ । कारोबार दैनिकमा धादिङबाट राजेन्द्र बस्नेतले खवर लेखेका छन् ।