शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नागरिक पाटी

१८, श्रावण २०७७
  • 8.9K
    SHARES
  • पेट्रोलियम पदार्थको मूल्य वृद्धि

    काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगमले गएमध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ वृद्धि गरेको छ। यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर १ रूपैयाँ ५० वृद्धि भएको छ।

    images
    images

    निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको हो। यसअघि पेट्रोल प्रतिलिटर १०२ रूपैयाँ रहेकामा अब भने १०४ पुगेको छ। यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रूपैयाँ ५० पैसा रहेकामा अब बढेर ९० रूपैयाँ पुगेको छ। निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य वृद्धि गरेको छैन।

    निगमले हालको मूल्य समायोजनपछि पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको शहर विरगञ्जमा पेट्रोल प्रतिलिटर ३१ रूपैयाँ आठ पैसा र डिजलमा प्रतिलिटर ३६ रूपैयाँ ६९ पैसा नेपालतर्फ सस्तो रहेको छ। नेपालतर्फ पेट्रोलियम पदार्थ सस्तो हुँदा अनाधिकृत रूपमा भारततर्फ तस्करी समेत हुने गरेको छ।

    निगमले यसअघि भने जुलाई १६ मा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने भएपनि उपभोक्ताको हितलाई हेरेर मूल्य वृद्धि नगरेको समेत स्मरण गरेको छ। रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १८, २०७७ आइतवार - ०६:५४:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology