काठमाडौं । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएसँगै उनीसँग भेटघाट गरेका अरु मन्त्रीले पनि कोरोना परीक्षण गराउने तयारी गरेका छन्। संक्रमण पुष्टि भएका मन्त्री यादवसँगै प्रदेशका सुरक्षा हेर्ने ५ मन्त्री, प्रधानमन्त्री केपी शर्मा ओली, गृह मन्त्री रामबहादुर थापा, कानुन मन्त्री शिवमाया तुम्वाहाम्फेसँग छलफल गरेका थिए।
छलफलमा गृह सचिव महेश्वर न्यौपाने, कानुन मन्त्रालयका सचिव ऋषि राजभण्डारी, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सल्लाहकार सूर्य सुवेदीलगायत पनि सहभागी थिए।
प्रहरी समायोजन सम्बन्धी यो छलफलमा गण्डकी प्रदेशका हरिबहादुर चुमान, प्रदेश ५ का कुलबहादुर केसी, कर्णाली प्रदेशका नरेश भण्डारी पनि सहभागी थिए।