हेटौंडा । मकवानपुरमा आइतबार ५ जना प्रहरी कर्मचारीसहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडास्थित वन विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
उनका अनुसार आइतबार जिल्ला प्रहरी कार्यालय मातहत कार्यरत ५ जना प्रहरी कर्मचारी, उपमहानगरभित्रका १६ जना, बकैया गाउँपालिका—४ घर भई हेटौंडास्थित एक सहकारी संस्थामा कार्यरत एकजना महिला कर्मचारी र बिराटनगर घर भई हेटौंडामा बस्दै आएका एकजनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना पुष्टि भएकामा संक्रमणको लक्ष्ण पनि देखिएको हेटौंडा अस्पतालले जानकारी दिएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म उपमहानगरको १४ वटा वडामा संक्रमण देखिसकिएको छ । जिल्लाले उपलब्ध गराएको तथ्याङक अनुसार हेटौंडामा ३९, मनहरीमा १२, थाहानगरमा ७, भिमफेदीमा ४, बागमतीमा ३, राक्सिराङ र कैलाशमा १/१ जनामा संक्रमण देखिएको छ । यसअघि शुक्रबार १७ जनामा संक्रमण पुष्टि भएको थियो ।