शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कार्य सम्पादनमा मकवानपुरका १० स्थानिय तहहरु मध्ये थाहा नगर उत्कृष्ट

कार्य सम्पादनमा मकवानपुरका १० स्थानिय तहहरु मध्ये थाहा नगर उत्कृष्ट

नागरिक पाटी

२५, श्रावण २०७७
  • 7.8K
    SHARES
  • कार्य सम्पादनमा मकवानपुरका १० स्थानिय तहहरु मध्ये थाहा नगर उत्कृष्ट

    मकवानपुर । हेटौंडामा भएको पाँचौं जिल्ला सभाको अवसरमा जिल्ला समन्वय समिति मकवानपुरले जिल्लाका दश स्थानीय तहहरु मध्ये थाहालाई उत्कृष्ट स्थानीय तह घोषणा गरेको हो । थाहा नगरपालिका उत्कृष्ट भएसंगै बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले सम्मान पत्र प्रदान गरेका छन् । आर्थिक वर्ष २०७६÷०७७ मा उत्कृष्ट कार्य सम्पादन गरेको मुल्याङ्कनसहित पौडेलले नगर प्रमुख लवशेर विष्टलाई सम्मानपत्र प्रदान गरेका हुन् । थाहा नगरपालिका अघिल्लो आर्थिक वर्ष पनि जिल्लामै उत्कृष्ट भएको थियो ।

    images
    images

    बेरुजु फछ्र्यौटमा देशमै सर्वोत्कृष्ट स्थान हासिल गरेको थाहा नगरपालिकालाई जिल्ला समन्वय समिति मकवानपुरले उत्कृष्ट घोषणा गरेको हो । जिल्ला समन्वय समितिले निर्माण गरेको मापदण्ड, अनुगमन मुल्याङ्कनलगायतको माध्यमबाट गरिएको स्थानीय तहको मूल्यङ्कनको आधारमा पुरस्कृत गरिएको जिल्ला समन्वयका प्रमुख रघुनाथ खुलालले जानकारी दिएका छन।

    त्यस्तै दश स्थानीय तहमध्ये इन्द्रसरोरवर गाउँपालिका, दोस्रो र मकवानपुरगढी गाउँपालिका तेस्रो भएको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २५, २०७७ आइतवार - १९:३२:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology