काठमाण्डौ । महिन्दा राजापाक्षे श्रीलंकामा चौथो पटक प्रधानमन्त्री बन्नुभएको छ । हालै भएको चुनावमा उहाँको दल श्रीलंका पिपुल्स पार्टीले दुईतिहाइ मत पाएपछि ७४ वर्षका राजापाक्षेले चौथो पटक प्रधानमन्त्रीका रुपमा शपथ लिनुभएको हो ।श्रीलंकाको कोलम्बोको केलानियामा रहेको बौद्ध मन्दिर राजमहा बिहार’मा शपथग्रहण कार्यक्रम गरिएको थियो ।
उहाँलाई श्रीलंकाका राष्ट्रपतिसमेत रहेका भाइ गाटाभया राजापाक्षेले शपथग्रहण गराउनुभएको हो । शपथग्रहणपछि दाजुभाइ राष्ट्रपति र प्रधानमन्त्रीले बिहारमा प्रार्थना समेत गर्नुभएको बीबीसीले जनाएको छ