शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मकवानपुरको बसामाडीमा अटो र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, एक घाइते

मकवानपुरको बसामाडीमा अटो र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, एक घाइते

नागरिक पाटी

२९, श्रावण २०७७
  • 7.8K
    SHARES
  • मकवानपुरको बसामाडीमा अटो र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, एक घाइते

    मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नंबर ३ को तीनताप्केमा भएको अटो दुर्घटनामा मृत्यु भएका २ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नंबर ५ का अमृत लोप्चन र बाबुराम रुम्बा रहेका छन् । यसैगरि दुर्घटनामा घाइते भएका मनहरी गाउँपालिका वडा नंबर ५ का ठुलोकान्छा खड्का को चुरेहील अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

    images
    images

    केहि समय अघि पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडाको तीनताप्के सडक खण्डमा चितवन तर्फ जाँदै गरेको ना ६ ख १६११ नंबरको ट्रकले बस्तिपुरबाट हेटौंडा आउँदै गरेका ना २ ह ३४६६ नंबरको अटोलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २९, २०७७ बिहिवार - १३:४१:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology