शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड १६ लाख भन्दा बढि, नेपालमा २६ हजार नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड १६ लाख भन्दा बढि, नेपालमा २६ हजार नाघ्यो

नागरिक पाटी

३२, श्रावण २०७७
  • 7.4K
    SHARES
  • विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड १६ लाख भन्दा बढि, नेपालमा २६ हजार नाघ्यो

    काठमाडौं । विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड १६ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड १६ लाख तीन सय ५९ जना पुगेको छ ।

    images
    images

    आईतबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या सात लाख ६८ हजार ६ सय तीन जना पुगेको छ भने एक करोड ४३ लाख २१ हजार आठ सय ४४ जनाले कोरोना जितेका छन् ।

    गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ। अमेरिकामा मात्र एक लाख ७२ हजार ६ सय ६ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै,ब्राजिलमा एक लाख सात हजार दुई सय ९७ , भारतमा ५० हजार ८४ जनाले कोरोनाका कारण गुमाईसकेका छन् । तथ्याङक अनुसार पछिल्लो समय मेक्सिकोमा समेत संक्रमणको ग्राफ बढ्दै गएको छ ।

    आजसम्म मेक्सिकोमा ५६ हजार पाँच सय ४३ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । मेक्सिकोमा पछिल्लो २४ घण्टामा मात्रै ६ सय ३५ जनाले ज्यान गुमाएको तथ्याङकले देखाएको छ ।

    शनिबार विहानसम्म नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म १७ हजार दुई सय एक जनाले कोरोना जितेका छन भने एक सय दुई जनाले कोरोना संक्रमणबाट मृत्यु भएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३२, २०७७ आइतवार - ०७:३४:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology