शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

हेटौंडामा कोरोना संक्रमणबाट एक जना बृद्धको मृत्यु

हेटौंडामा कोरोना संक्रमणबाट एक जना बृद्धको मृत्यु

नागरिक पाटी

३, भाद्र २०७७
  • 8.8K
    SHARES
  • हेटौंडामा कोरोना संक्रमणबाट एक जना बृद्धको मृत्यु

    हेटौंडा । हेटौंडाका एक बृद्धमा मृत्युपछी कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा १ जरुवाटोलमा ६१ वर्षिय बृद्धले अस्ती कोरोना परिक्षणका लागि स्वाब दिनुभएको थियो । तर, गगएराती मृत्यु भएपछी आज प्राप्त कोरोना परिक्षण रिपोर्टमा कोरोना संक्रमण देखिएको छ ।

    images
    images

    स्वास्थ्यमा समस्या भएर लामो समयदेखि उपचाररत ६१ वर्षीय वृद्धमा मृत्युपछि आज बिहान हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

    सोमबार नै स्वाब नमूना सङ्कलन गरिए पनि गएराती निधन भएपछि मात्रै उहाँको स्वाबको नमूना आज बिहान परीक्षण गरिएको हो । स्वाब नमूनाको चापका कारण तत्काल परीक्षण गर्न सक्ने अवस्था छैन । मृतक वृद्धमा कसरी सङ्क्रमण भयो भन्ने विषयमा आवश्यक जानकारी लिन बाँकी नै रहेको चौलागाईले बताउनुभएको छ । जनपत्रको सहयोगमा

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३, २०७७ बुधवार - १३:१७:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology