आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

रेमिट्यान्स सेवा जारी राख्न राष्ट्र बैंकको निर्देशन

रेमिट्यान्स सेवा जारी राख्न राष्ट्र बैंकको निर्देशन

नागरिक पाटी

५, भाद्र २०७७
  • 9.1K
    SHARES
  • रेमिट्यान्स सेवा जारी राख्न राष्ट्र बैंकको निर्देशन

    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स सेवालाई जारी राख्न निर्देशन दिएको छ। कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएको भन्दै देशका विभिन्न ठाउँमा अहिले निषेधाज्ञा भएपनि सुरक्षा अपनाएर रेमिट्यान्स सेवा जारी राख्न बैंकले निर्देशन दिएको हो।

    images

    रेमिट्यान्स नआउँदा घर व्यवाहर नै चलाउन कठिन हुनसक्ने अवस्था आउने भएकाले आदेश पालना गर्दै सेवा जारी राख्न निर्देशन दिएको हो।

    स्थानीय प्रशासनसँग समुन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि आलोपालो मिलाएर भएपनि भुक्तानीको व्यवस्था मिलाउन अनुमति लिएका संस्थाहरुलाई केन्द्रीय बैंकले निर्देशन दिएको हो। त्यस्तै सकेसम्म बैंक तथा वित्तीय संस्थासँग समुन्वय गरी विदेशी मुद्रा सटही तथा भुक्तानी पनि त्यहीबाट भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको छ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०७७ शुक्रवार - १४:००:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology