धादिङ । पहिरोका कारण ठप्प भएको मुग्लिङ- नारायणगढ सडकखण्ड खुलेको छ । पहिरो हटाएपछि अहिले दुईतर्फी नै सडक खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।
चितवनको इच्छाकामना गाउँपालिका ५ मा राति १ बजेतिर खसेको पहिरो हटाएर बिहान एकतर्फी रुपमा सडक खुलाइएको थियो । अहिले पूरै पहिरो हटाएर दुईतर्फी नै सडक खुलेको मुग्लिङ - नारायणगढ सडकखण्ड अयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।