शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना भाइरसको सङक्रमणबाट १ करोड ६६ लाख मानिस मुक्त

कोरोना भाइरसको सङक्रमणबाट १ करोड ६६ लाख मानिस मुक्त

नागरिक पाटी

१०, भाद्र २०७७
  • 7.1K
    SHARES
  • कोरोना भाइरसको सङक्रमणबाट १ करोड ६६ लाख मानिस मुक्त

    काठमाण्डौ । विश्वभर एक करोड ६६ लाख मानिस कोरोना भाइरसको सङक्रमणबाट निको भएका छन् । वल्डोमिटरका अनुसार दुई करोड ४० लाख ४१ हजारमा सङक्रमण देखिएकोमा एक करोड ६५ लाख ९० हजार जना निको भएका छन् । सबैभन्दा धेरै ५९ लाख २४ हजार जनामा सङक्रमण भएको अमेरिकामा ३२ लाख ५१ हजार जना निको भएका छन् । अमेरिकामा एक लाख ८२ हजार भन्दा धेरेको ज्यान गएको छ ।

    images
    images

    विश्वभर कोरोनाका कारण आठ लाख २२ हजार चार सय जनाको ज्यान गएको छ । छिमेकी देश भारतमा अहिलेसम्म ३२ लाख ३१ हजारमा कोरोना सङक्रमण पुष्टि भएकोमा ५९ हजार ६ सय जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामै भारतमा ६६ हजार सङक्रमित थपिएका छन् भने एक हजार ६६ जनाको ज्यान गएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १०, २०७७ बुधवार - ०७:४४:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology