शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मुग्लिङ–नारायणगढ सडक उपभोग दस्तुर निर्धारण, कुन सवारीले कति तिर्ने ?

मुग्लिङ–नारायणगढ सडक उपभोग दस्तुर निर्धारण, कुन सवारीले कति तिर्ने ?

नागरिक पाटी

१२, भाद्र २०७७
  • 8.0K
    SHARES
  • मुग्लिङ–नारायणगढ सडक उपभोग दस्तुर निर्धारण, कुन सवारीले कति तिर्ने ?

    धादिङ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुग्लिङ–नारायणगढ सडक उपभोग दस्तुर निर्धारण गरेको छ। गत साउनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मन्त्रालयले दस्तुर तय गरेको हो।

    images
    images

    मन्त्रालयले सवारीसाधनअनुसार सडक दस्तुर निर्धारण गरेको छ। मन्त्रालयले जारी गरेको सूचनाअनुसार उक्त सडक खण्ड प्रयोग गरेबापत बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभी इक्विपमेन्टले एकपटकको लागि ५५ रूपैयाँ तिर्नुपर्छ।

    त्यस्तै कार, जिप, पिकअप भ्यान र ट्रयाक्टरले २५ रूपैयाँ शुल्क तिर्नुपर्ने सूचनामा उल्लेख रहेको छ। मुग्लिन–नारायणगढ सडकको लम्बाइ मात्र ३६ किमि रहेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १२, २०७७ शुक्रवार - १२:२०:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology