काठमाडौं । जापानका प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यमा देखिएको समस्याको कारण उनले आफ्नो स्वास्थ्य अवस्थाको कारण देखाउँदै राजीनामाको घोषणा गरेका हुन् ।
पछिल्लो केही समयदखि बिरामी रहेका उनले शुक्रबार टोकियोमा राजीनामाको घोषणा गरेका हुन् । उनले सञ्चारकर्मीसँग कुरा गर्दै आफूले स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेको बताए ।
आबेले आफ्नो कार्यकाल पूरा गर्न नसकेकोप्रति जापानका जनताहरुसँग माफी पनि मागेका छन् । पछिल्लो समय आबेको स्वास्थ्यस्थिति कमजोर बन्दै गएको छ । उनको उपचारमको लागि अब एक वर्ष पनि लाग्न सक्ने जापानी सञ्चारमाध्यमहरुले बताएका छन् ।
६५ वर्षीय आबे जापानका सबैभन्दा लामो समयसम्म पदमा रहने प्रधानमन्त्री हुन् । उनी सन् २०१२ यता निरन्तर प्रधानमन्त्रीको रुपमा रहँदै आएका थिए ।