हेटौंडा । चितवन मेडिकल कलेजको आइसियूमा उपचाररत् हेटौंडाकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका–५ की ४९ वर्षीया महिलाको बिहान मृत्यु भएको हो। कोभिड आइसियूमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ। ती महिलाको मिर्गौलामा समस्या थियो। डायलासिस गर्नका लागि उनलाई साउन २७ गते चितवन मेडिकल कलेज ल्याइएको थियो। सोही क्रममा कोरोना परीक्षण गर्दा ती महिला संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।