काठमाडौं । कोरोना संक्रमण बढ्दै जाँदा विश्वभर संक्रमितको संख्या विश्वमा २ करोड ५३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५३ लाख २७ हजार ९८ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ४८ हजार २५५ को मृत्यु भइसकेको छ ।