आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले स्वास्थ्य सेवामा छूट पाउने

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले स्वास्थ्य सेवामा छूट पाउने

नागरिक पाटी

२४, भाद्र २०७७
  • 7.5K
    SHARES
  • मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले स्वास्थ्य सेवामा छूट पाउने

    काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले विभिन्न स्वास्थ्य सेवामा छूट पाउने भएका छन् । बैंकको भिसा डेबिट कार्डवाहक तथा मोवाइल बैंकिङ प्रयोगकर्ता ग्राहकलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहित गर्दै बैंकले विभिन्न स्वास्थ्य सेवामा छूटको समेत प्रबन्ध गरेको हो ।

    images

    उक्त सेवाका लागि बैंकले काठमाडौंका विभिन्न स्वास्थ्य संस्थाहरुसँग सम्झौता गरेको छ । बैंकले बसुन्धारास्थित काठमाडौं नेचुरोपेथी अस्पताल, लाजिम्पाटस्थित भिजन कन्सर्न, अनामनगरस्थित डाक्टर अन कल, लाजिम्पाटस्थित सुरिया हेल्थ केयर र कमलपोखरीस्थित सेन्ट्रल डाइग्नोष्टिक ल्याब्रोटरीसँग सम्झौता गरेको बताएको छ ।

    सो सम्झौताका आधारमा बैंकका ग्राहकलाई काठमाडौं नेचुरोपेथी अस्पतालकोे सम्पूर्ण उपचारमा १० प्रतिशत, भर्ना भएर बस्ने बिरामीका लागि शय्यामा १० प्रतिशत, चिकित्सक परामर्श शुल्कमा १५ प्रतिशत र स्पासम्बन्धी सम्पूर्ण सेवामा १० प्रतिशत छूटको व्यवस्था गरिएको छ ।

    यस्तै, भिजन कन्सर्नका विभिन्न सेवा लोकल अप्टिकल सामानमा २५ प्रतिशत, कन्ट्याक्ट लेन्समा १० प्रतिशत र ब्रान्डेड अप्टिकल सामानमा ५ प्रतिशत छूटको व्यवस्था गरिएको बैंकले बताएको छ । त्यसैगरी, डाक्टर अन कलको विभिन्न सेवा लिँदा २० प्रतिशतसम्मको छूट पाउने व्यवस्था गरिएको छ । सेवाअन्तर्गत स्वास्थ्यसम्बन्धी सेवा जस्तै डाक्टर परामर्श, फिजियोथेरापी, नर्सिङ केयर, औषधि डेलिभरी र अन्य ल्याबोरेटोरी सेवा घरबाटै लिन सकिने बताइएको छ ।

    यस्तै सुरिया हेल्थ केयरमा पनि विभिन्न डाइग्नोष्टिसम्बन्धी सेवामा १० प्रतिशत छूट र पीसीआर परीक्षणमा पनि विशेष छूट दिने व्यवस्था मिलाइएको बैंकको भनाइ छ । सेन्ट्रल डाइग्नोष्टिक ल्याबोरेटोरीमा पनि पीसीआर परीक्षणमा १० प्रतिशत र अन्य सेवामा १५ प्रतिशत छूटको व्यवस्था गरिएको बैंकले बताएको छ । आर्थिक अभियानबाट

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २४, २०७७ बुधवार - ०८:३४:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology