शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काठमाण्डौं उपत्यकामा सवारी चाप बढ्यो, निजी साधन जोर-बिजोर

काठमाण्डौं उपत्यकामा सवारी चाप बढ्यो, निजी साधन जोर-बिजोर

नागरिक पाटी

२५, भाद्र २०७७
  • 7.4K
    SHARES
  • काठमाण्डौं उपत्यकामा सवारी चाप बढ्यो, निजी साधन जोर-बिजोर

    काठमाण्डौं । निषेधाज्ञा केही खुकुलो भएसँगै काठमाडौं उपत्यकामा बिहीबार बिहानैदेखि चहलपहल बढेको छ। उपत्यकाका तीन जिल्लामा तीन साता लामो कडा निषेधाज्ञा बिहीबारबाट केही खुकुलो भएपछि चहलपहल हिजोअस्तीको तुलनामा निकै बढेको हो।

    images
    images

    उपत्यकाको सडकमा बिहीबार बिहानैदेखि सवारी साधनको चाप बढेको छ भने पसल पनि सञ्चालनमा आएका छन्। आजबाट निजी सवारी साधन जोरबिजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिइएको ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए।"

    ‘निजी सवारी साधन र १६ सिट भन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन आजदेखि जोरबिजोर प्रणालीमा सञ्चालन हुनेछन्,ट्याक्सीमा पनि जोरबिजोर लागू गरिएको छ। चालकसहित ३ जना मात्र बस्न पाइने ढकालले बताउनु भयो ।


    सार्वजनिक सवारी साधनमा एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्ने र कुल सिट संख्याको आधामा मात्र यात्रुलाई चडाउन दिइने उनले बताए। तर, मालवाहक सबारी साधनमा भने जोरबिजोर लागू नहुने उनको भनाई छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २५, २०७७ बिहिवार - ०८:४३:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology