शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित

जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित

नागरिक पाटी

३१, भाद्र २०७७
  • 5.9K
    SHARES
  • जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित

    योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बनेका छन् । संसदमा बुधबार भएको चुनावमा सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । यसअघि जापानको सत्तारुढ पार्टीले योशिहिदेलाई नयाँ नेता बनाउने निर्णय गरेसँगै उनी प्रधानमन्त्री बन्ने पक्का भएको थियो ।

    images
    images

    गएको महिना शिन्जो आबेले स्वास्थ्यका कारण प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । ७१ वर्षका योशिहिदे यसअघिको मन्त्रीपरिषदमा मन्त्रीपरिषद सचिवको भूमिकामा थिए ।

    उनी आबेका नजिकका सहयोगी हुन् । उनले प्रधानमन्त्रीका रुपमा आबेका नीतिहरु अघि बढाउने सम्भावना रहेको जनाइएको छ । सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को बहुमत रहेको तल्लो सदनमा ४६२ मध्ये ३१४ मत सुगाले पाएका हुन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३१, २०७७ बुधवार - १२:५४:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology