धादिङ । धादिङको महादेववेशीमा ट्रकको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका वार्ड नं. ६ महादेववेशी निबासी ३ बर्षिय वालिका सञ्चिता कार्कीको घटनास्थलमै मृत्यू भएको हो । दिउँसो २ बजे काठमाण्डौं बाट मलेखुतर्फ जाँदै गरेको ना ३ ख ५१८३ ट्रकले ठक्कर दिदा बालिकाको मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई महादेवबेसी प्रहरीले नियन्त्रणमा लिएको छ । तस्विरः राम चन्द्र रुपाखेती