शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ३८ लाख माथी, १० लाख १२ हजारको मृत्यु

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ३८ लाख माथी, १० लाख १२ हजारको मृत्यु

नागरिक पाटी

१४, आश्विन २०७७
  • 5.3K
    SHARES
  • विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ३८ लाख माथी, १० लाख १२ हजारको मृत्यु

    काठमाण्डौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ३ करोड ३८ लाख नाघेको छ भने १० लाख १२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

    images
    images

    कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ३ करोड ३८ लाख ३८ हजार ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १० लाख १२ हजार ५८९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म २ करोड ५१ लाख ४३ हजार ९२७ जना कोरोना मुक्त भएका छन् ।

    सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख १० हजार ७८५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ७४ लाख ६ हजार १४६ पुगेको छ ।
    अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९७ हजार ५२९ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै १ हजार १७८ जनाले ज्यान गुमाएका छन् । २४ घण्टामा ८० हजार ५०० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६२ लाख २३ हजार ५१९ पुगेको हो ।

    प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ४७ लाख ८० हजार ३१७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८४९ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ४३ हजार १० पुगेको छ ।

    नेपालमा मंगलबार देशभर गरी १ हजार ५१३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ७६ हजार नाघेको छ । कुल संक्रमितमध्ये अहिलेसम्म नेपालमा ५५,३०० जना निको भइसकेका छन् भने ४९१ सङ्क्रमितको मृत्यु भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १४, २०७७ बुधवार - ०८:३९:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology