शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

ट्रम्प दम्पतीलाई कोरोना संक्रमण पुष्टि

ट्रम्प दम्पतीलाई कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

१६, आश्विन २०७७
  • 6.9K
    SHARES
  • ट्रम्प दम्पतीलाई कोरोना संक्रमण पुष्टि

    वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनी लगायत पत्नी मेलानिया ट्रम्पलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको राष्ट्रपति कार्यालयका चिकित्सकले बताएका छन् । ट्रम्पले पनि ट्विट गर्दै आफूहरूको कोरोना रिपोर्ट पोजेटिभ आएको र क्वारेन्टाइनमा बस्ने लागेको बताएका छन् ।

    images
    images

    आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावका लागि चुनावी अभियानमा रहेका ट्रम्प कति दिन क्वारेन्टाइनमा बस्छन् भने बारेमा यकिन नभएको सीएनबीसीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

    यसअघि कोरोना भाइरसको बारेमा आलोचनात्मक प्रतिक्रिया दिंदै आएका ट्रम्पले आफूहरुको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक सञ्जाल द्वीटरमार्फत सार्वजनिक गरेका हुन् ।
    ट्रम्पलाई कोरोना संक्रमण भएपछि उनको चुनावी अभियान प्रभावित हुने देखिएको छ । अमेरिकाको विभिन्न राज्यमा अहिलेसम्म ७ दशमलव २ मिलियन नागरिकलाई कोरोना संक्रमण भएको छ भने संक्रमणका कारण २ लाख ७ हजारको मृत्यु भएको छ । एजेन्सी

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १६, २०७७ शुक्रवार - १२:५१:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology