धादिङ । बागमती प्रदेशमा कोरोना पुष्टि हुनेको संख्या ३३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १२ सय ९९ जनामा संक्रमण ,पुष्टि भए संगै पुष्टि हुनेको संख्या ३३ हजार नाघेको हो ।
यो संगै बागमतीमा पुष्टि हुनेको संख्या ३३ हजार ७ सय ९६ पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशमा हालसम्म संक्रमण पुष्टि हुनेमा १९ हजार ६ सय ५६ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म कोरोनाको कारण १ सय ९७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।