शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेशमा ३८ हजार ४३९ जनामा कोरोना संक्रमण, २२६ जनाको मृत्यु

बागमती प्रदेशमा ३८ हजार ४३९ जनामा कोरोना संक्रमण, २२६ जनाको मृत्यु

नागरिक पाटी

२१, आश्विन २०७७
  • 9.4K
    SHARES
  • बागमती प्रदेशमा ३८ हजार ४३९ जनामा कोरोना संक्रमण, २२६ जनाको मृत्यु

    हेटौंडा । बागमती प्रदेशमा संक्रमितको सख्या अरु प्रदेशको तुलनामा निकै वढेको पनि छ । कुल संक्रमितको ४२ दशमलब ३२ प्रतिशत कोरोना संक्रमित बागमती प्रदेशमा पुष्टि भएका छन् ।

    images
    images

    हाल सम्म बागमती प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको सख्या ३८ हजार ४ सय ३९ जना पुगेको छ । संक्रमित मध्यमा २ सय २६ जनाको मृत्यु भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । ।

    हिजो बागमती प्रदेशमा हिजो एकै दिनमा एक दिनमा १ हजार १ सय ५६ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ ।

    देखापरेका संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा विदेशबाट फर्किएकाहरु भन्दा पनि अहिले स्थानीय समुदायमानै वसेकाहरुमा कोरोना संक्रमण देखापरेको छ । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् ।

    यस प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका मध्यमा ५८ प्रतिशत निको भएर डिस्चार्ज समेत भएका छन् । प्रदेशमा २२ हजार ४ सय २५ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर सेढाईले जानकारी दिनुभयो ।

    नेपालभरी देखिएका कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु मध्य सबै धन्दा धेरै बागमती प्रदेशमा देखा परेका छन् । अरु प्रदेशको तुलनामा बागमती प्रदेशमा धेरै संक्रमित देखा परेका हुन् । जनपत्रको सहयोगमा

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २१, २०७७ बुधवार - १०:१६:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology