धादिङ। कुल संक्रमितको ४३ दशमलब ८७ प्रतिशत कोरोना संक्रमित बागमती प्रदेशमा पुष्टि भएका छन् । बागमती प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ४३ हजार २ सय ६६ जना पुगेको छ । संक्रमित मध्यमा २ सय ४२ जनाको मृत्यु भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका कोभिड १९ का प्रबक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । ।
हिजो बागमती प्रदेशमा हिजो एकै दिनमा एक दिनमा २ हजार ८ सय ३९ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका मध्यमा ५८ प्रतिशत निको भएर डिस्चार्ज समेत भएका छन् । प्रदेशमा २५ हजार ३ सय ५ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर सेढाईले जानकारी दिनुभयो ।