शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङका प्रदेश सांसद डा. अधिकारीलाई कोरोना संक्रमण

धादिङका प्रदेश सांसद डा. अधिकारीलाई कोरोना संक्रमण

नागरिक पाटी

२७, आश्विन २०७७
  • 6.8K
    SHARES
  • धादिङका प्रदेश सांसद डा. अधिकारीलाई कोरोना संक्रमण

    धादिङ । बागमती प्रदेशका सांसद डा. रामकुमार अधिकारीलाई कोरोना संक्रमण देखिएको छ । सांसद अधिकारीले स्वास्थ्य सुरक्षामा अत्यन्त सावधानी अपनाउँदै आए पनि हिजो सोमबार आफुलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

    images
    images


    केही दिन देखि ज्वरो आउने, ज्यान दुख्ने, टाउको लगातार दुख्ने समस्या र मुख्य गरी घाँटी दुख्ने र स्वर सुक्ने समस्याले ग्रस्त बनेपछि उनले उनले कोरोना परीक्षण गराएका थिए ।

    उनलाई सुरुमा परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको थियो पछिल्लो परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । उनले आफु नजिक रहेर काम गर्नु हुने सबैलाई सजग रहन, खोकी लाग्ने, ज्वरो आउने, ज्यान दुख्ने आदि भएमा तुरुन्त स्वास्थ्य संस्थामा गई जाँच गराउन सामाजिक सञ्जालबाट आग्रह गरेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २७, २०७७ मंगलवार - ०८:१०:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology