शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दुर्घटना

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

नागरिक पाटी

६, कार्तिक २०७७
  • 6.4K
    SHARES
  • मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

    धनगढी । कैलालीमा भएका मोटरसाइकल र बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार चिसापानीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका १ का रङप्रसाद न्यौपानेको मृत्यु भएको छ। सुप प्र ०१००८ प १६२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका थिए।

    images
    images

    उनलाई उपचारका लागि लम्कीस्थित लाल रत्न अस्पताल लगिएको थियो। लम्कीमा उपचार हुन नसकेपछि टीकापुर लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    उनीसँगै मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका १ कै ३९ वर्षीय जयप्रकाश न्यौपाने र ५० वर्षीय जन्मजय न्यौपाने घाइते भएका छन्। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

    त्यस्तै, लम्कीचुहाका ३५ वर्षीया भागरथी रेग्मीको मृत्यु भएको छ। कैलालीको बर्दगोरिया गाउँपालिका ४ चमेलीपुरमा सुदूरपश्चिम प्रदेश ००१ ख २३०९ नम्बरको मोटरसाइकलमा सवार रेग्मीलाई से १ प ९५७ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका ९ प्रतापुरका रामबहादुर चौधरी घाइते भएका छन्। उनको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ६, २०७७ बिहिवार - ११:२३:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology