शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा दुई महिनामा झण्डै ७८ अर्ब वैदेशिक ऋणको प्रतिबद्धता

नेपालमा दुई महिनामा झण्डै ७८ अर्ब वैदेशिक ऋणको प्रतिबद्धता

नागरिक पाटी

१६, कार्तिक २०७७
  • 5.4K
    SHARES
  • नेपालमा दुई महिनामा झण्डै ७८ अर्ब वैदेशिक ऋणको प्रतिबद्धता

    काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारलाई झण्डै ७८ अर्ब रुपैयाँ वैदेशिक ऋणको प्रतिबद्धता प्राप्त भएको छ । अर्थ मन्त्रालयका अनुसार दुई महिनामा ७७ अर्ब ७२ करोड रुपैयाँ वैदेशिक ऋणको प्रतिबद्धता प्राप्त भएको छ । यस्तै ६ अर्ब ३५ करोड रुपैयाँ वैदेशिक अनुदानको प्रतिबद्धता प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

    images
    images

    दुई महिनामा वैदेशिक अनुदान र ऋण गरेर ८४ अर्ब ७ करोड रुपैयाँको प्रतिबद्धता प्राप्त भएको छ । यो अघिल्लो वर्षको दुई महिनाको तुलनामा ५ सय ८१ प्रतिशतले धेरै हो ।

    कुल प्रतिबद्धतामध्ये ऋणको हिस्सा ९२ दशमलव ४ प्रतिशत रहेको छ भने अनुदानको हिस्सा ७ दशमलव ६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको साउन र भदौमा वैदेशिक ऋणको प्रतिबद्धता नै प्राप्त भएको थिएन।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १६, २०७७ आइतवार - १३:३६:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology