काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमणको दोश्रो लहरका बीच नियन्त्रणका लागि न्युयोर्क शहरमा थप प्रतिबन्ध लगाइएको छ । न्युयोर्कका मेयर बिल डे ब्लासिआले कोरोना नियन्त्रणको यही नै अन्तिम मौका भन्दै शहरका बार, रेस्टुरा, र जिम हलहरु खोल्ने समय सिमा तोकेका छन् ।
साथै कम्तीमा १० जना भन्दा बढी एकै ठाउँमा भेला हुन पाइने छैनन् । न्युयोर्क राज्यका गभर्नर एन्ड्रयु, कुमोले पनि न्युयोर्क कोभिडको जहाज भएको भन्दै थप सावधानी नअपनाए भयावह स्थिति निम्तने सक्ने बताउनुभयो ।
यसैबीच केही बिज्ञहरुको समुहले अमेरिकामा हिउँद याममा कोरोनाको प्रकोप झन भयावह हुने औंल्याउँदै आगामी दिनमा अमेरिकाका अस्पतालहरु संक्रमितले खचाखच भरिने भन्दै सचेत रहन चेतावनी दिइसकेका छन् ।
यता अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनको कोभिड–१९ सल्लाहकार डा।माइकल ओस्टरहोलमले भने कोरोना नियन्त्रण्का लागि देशभर ४ साताका लागि लकडाउन गर्न सुझाव दिनुभएको छ । (एजेन्सी)