काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १३ लाख २४ हजार २४९ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार ८७१ कोरोना संक्रमितको मृत्यु भएको छ । यसैबीच, हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ४७ लाख ७१ हजार ८८८ पुगेको छ ।