आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

टाढिएको जन्म

टाढिएको जन्म

अन्जना अधिकारी

६, माघ २०७७
  • 22.5K
    SHARES
  • टाढिएको जन्म

    कविता

    images

    म जन्मदेखि टाढिँदै छु
    मेरो मायाको प्रतिबिम्ब एउटै छ
    कोखाइ र चोखाई बिर्सिंदै
    मातृ र पितृ वात्सल्य थाती राख्दै
    उनी मेरो न्यानो आभास हुँदैछिन्
    मेरो जिन्दगीको आस हुँदैछिन्
    अरु त के रह्यो र
    मेरो अन्तिम सास हुँदैछिन् !

    क्षमता मा के कम थिएँ र
    खेलौना ल्याएको भकुण्डो धुरी नघाउँथे
    प्रत्येक छाक हातको पसिनाले अघाउँथे
    तर आज खेलौना म भएको छु
    नखाएनी अघाएको छु
    उनैको सपनामा धाएको छु
    किनकि म जन्मदेखि टाढिँदै छु !!

    अब विरुवा वयस्क हुन थालेछ
    बीउ नचिन्दै उसैमा बीउ पलाएछ
    प्रत्येक हावाका झोकाहरु
    अरु तन्नेरी विरुवा सँग साट्दै
    आफ्नो धरातल भन्दा केही पर
    गुजुमुज्ज परेको छ
    वाह ! उसले आज समय बिर्सेको छ
    त्यसैले होला आफ्नो भन्दा अरूसँग बाँडिदै छ
    शायद त्यो बोट जन्मेदेखि टाढिँदै छ !!! 

    images
    images
    images
    प्रकाशित मिति :माघ ६, २०७७ मंगलवार - ०६:४९:५९ बजे

    अन्जना अधिकारी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology