काठमाण्डौँ । सवारी साधनको लाइसेन्स लिन चाहनेहरुले अनलाइनमार्फत आवेदन दिए पनि परीक्षाका लागि लामो समय कुर्नुपर्ने समस्या तत्काल नहट्ने भएको छ । अनलाइन प्रणालीमार्फत आवेदन दिनेहरु धेरै भएकाले ४ देखि ५ महिनासम्म पनि परीक्षाको पर्खाइमा बस्नुपर्ने हुन सक्ने यातायात व्यवस्था विभागले जनाएको छ ।
अनलाइन प्रणालीमार्फत आवेदन दिएकाहरुको सिरियल क्रम अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने विभागले जनाएको छ । र त्यसै सिरियल नम्बरको आधारमा परीक्षाका लागि बोलाइने विभागका प्रवक्ता लोकनाथ भुषालले जानकारी दिनुभयो ।
नागरिकपाटी डटकमको भिडियो सामाग्री हेर्नुहोस्....