शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

नागरिक पाटी

१०, माघ २०७७
  • 7.4K
    SHARES
  • छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

    काठमाण्डौँ । काठमाडौं, सिरहा, सप्तरी, भक्तपुर, ललितपुर र मोरङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३२ सुविधानगरमा भे.१० प २६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक बाँके कोहलपुर नगरपालिका-२ घर भएका २२ वर्षीय साहिल बम खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    images
    images

    यस्तै सिरहाको कर्जन्हा नगरपालिका-१० मनहरुवा चोकमा ज.८ प ६४८४ नम्बरको मोटरसाइकललाई ना.५ ख ५२४८ नम्बरको बसले शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक धनुषा सबैला नगरपालिका.१३ बस्ने १८ वर्षीय सचिन महतो र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय शुसिल महतोको घटनास्थलमै मृत्यु भएको छ । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यसैगरी सप्तरीको बोदेबर्साइन नगरपालिका- २ जोगियामा प्रदेश २-०१-००१ प ६४०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार खडक नगरपालिका-८ बस्ने १८ को सुदिप चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको स्थानीय जीवनदीप अस्पताल हुँदै युनिक अस्पताल रूपनीमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

    यस्तै भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-४ नयाँ ठिमीमा बा।६५ प ४६१० नम्बरको स्कुटर शुक्रबार राति दुर्घटना हुँदा चालक दोलखा सुनखानी-६ घर भएका २१ वर्षीय राज कुमार शिवाकोटीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको हो ।

    यसैगरी ललितपुरको गोदावरी नगरपालिका-६ स्थित सडकमा प्र.३-०१-००३ क ५३२१ नम्बरको लोडर अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खसेर गएराति दुर्घटना हुँदा चालक सोही नगरपालिका-६ नल्लु बस्ने मकवानपुर हेटौंडा गढी नगरपालिका-५ घर भएका ३० बर्षीय विकाश दर्नाल र सहचालक सिन्धुपाल्चोक घर भएका २३ वर्षीय राज कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको लागि पाटन अस्पताल लगनखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

    यस्तै मोरङको बुढिगंगा गाउँपालिका-४ गोकुवा चोकमा ना.४ ख ७८२३ नम्बरको बसले प्रदेश ३-०२००७ प०६८७ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक झापा कचनकवल गाउँपालिका-६ बस्ने २८ वर्षीय राम सुबेदीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि कोशी अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यसैगरी लेटाङ नगरपालिका-१ अधेरीमा लेटाङबाट कुवापानीतर्फ जाँदै गरेको को-१ ज ३२६२ नम्बरको बोलेरो अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा जिपमा सवार लेटाङ नगरपालिका-१ बस्ने ५९ वर्षीय नैन कुमार तामाङको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको बिराट नर्सिङहोम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार १६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाईएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १०, २०७७ शनिवार - १९:३०:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology