शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेशमा ६४ हजारलाई कोभिडविरुद्धको खोप लगाइने

बागमती प्रदेशमा ६४ हजारलाई कोभिडविरुद्धको खोप लगाइने

नागरिक पाटी

१५, माघ २०७७
  • 6.2K
    SHARES
  • बागमती प्रदेशमा ६४ हजारलाई कोभिडविरुद्धको खोप लगाइने

    धादिङ । कोरोना भाइरस संक्रमण (कोभिड १९) विरुद्धको खोप बागमती प्रदेशमा पनि लगाउन सुरु गरिएको छ । बुधबार हेटौंडामा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा। प्रविण श्रेष्ठलाई कोरोनाविरुद्धको खोप लगाएर अभियानको सुरु गरिएको हो ।

    images
    images

    मुख्यमन्त्री पौडेलले स्वास्थ्यकर्मीलाई कोभिडविरुद्धको खोप हस्तान्तरण गरेर कोभिड–१९ खोप अभियानको औपचारिक शुभारम्भ भएको घोषणा गरेका थिए । कार्यक्रममा सामाजिक विकास मन्त्रालय सचिव दीपेन्द्र काफ्लेले संघीय सरकारले कोभिड खोप उपलब्ध गराएपछि बागमती प्रदेशको १३ जिल्लामा ६४ हजार १ सय ९२ जना नागरिकलाई खोप लगाइने बताए ।

    उनले पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी र महिला स्वयंमसेविकालाई खोप लगाउने योजनालाई प्रथामिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । बागमतीका १३ जिल्लामा कोभिड खोप लगाउन ३५ वटा खोप केन्द्र स्थापना गरिएको मन्त्रालयका सचिव काफ्लेले जानकारी दिए । उनका अनुसार एउटा स्वास्थ्य केन्द्रमा १० देखि २० जनासम्म स्वास्थ्यकर्मी खोप लगाउनका लागि परिचालन गरिएको छ ।

    बागमतीको रामेछापमा एक हजार चार सय १६, सिन्धुलीमा एक हजार चार सय ८०, ललितपुरमा सात हजार आठ सय १२, रसुवामा सात सय ५७, चितवनमा तीन हजार सात सय ४१, काभ्रेमा तीन हजार ६ सय ३८, नुवाकोटमा दुई हजार चार सय, दोलखामा दुई हजार एक सय ४२, भक्तपुरमा तीन हजार ८ सय ४५, सिन्धुपाल्चोकमा एक हजार सात सय ७३, काठमाडौंमा ३३ हजार पाँच सय ९, धादिङ एक हजार पाँच सय ९ र मकवानपुरमा दुई हजार दुई सय ८९ जनालाई पहिलो चरणमा खोप लगाइनेछ ।

    पहिलो डोज लगाइएको एक महिनाको अन्तरालपछि अर्को डोज लगाइने मन्त्रालयले जनाएको छ । हेटौंडामा आइपुगेको खोप प्रदेश २ का ६ जिल्ला बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषालाई पनि उपलब्ध गराइएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १५, २०७७ बिहिवार - १०:२२:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology