शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एभरेष्ट बैंकको नयाँ शाखा धादिङको धार्केमा विस्तार

एभरेष्ट बैंकको नयाँ शाखा धादिङको धार्केमा विस्तार

शिवराज आचार्य

१९, माघ २०७७
  • 9.7K
    SHARES
  • एभरेष्ट बैंकको नयाँ शाखा धादिङको धार्केमा विस्तार

    धादिङ (धार्के) । धादिङको धार्केमा एभरेष्ट बैंकको नयाँ शाखा सोमबारबाट सञ्चालनमा आएको छ । धार्के शाखाको धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले उद्घाटन गर्नु भए सँगै सञ्चालनमा आएको हो । बैंकको १ सय १ औँ शाखाको रुपमा धार्केमा सेवा विस्तार गरिएको बैँकले जनाएको छ ।

    images
    images

    कार्यक्रमका प्रमुख अतिथि तथा धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले धार्केमा बैँकले सेवा विस्तार गरेकोमा खुसी व्यक्त गर्दै नगरपालिकाकले पनि बैँक सँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ । यसैगरी उहाँले किसानलाई ऋण लगानी गर्दा नागरिक लाई दुःख नदिन पनि बैंकलाई आग्रह गर्दै सम्बन्धित किसान सम्म नै पुगेर सहुलियत दरमा ऋण प्रवाह गर्न आग्रह गर्नु भयो ।

    कार्यक्रममा बोल्नु हुँदै धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीले कृषकहरुलाई कम लोनमा कर्जा प्रवाह गर्न बैंकलाई आग्रह गर्दै बैंक सग मिलेर काम गर्ने बताएका छन ।

    everest news.jpg

    यसैबिच एभरेष्ट बैंकका प्रमुख डा.सन्दिप कुमार श्रीवास्तवले धार्के शाखाद्धारा सबै नागरिकलाई सबै किसिमका बैँकिङ सेवा प्रदान गर्ने बताउनुहुँदै किसानलाई सहुलियत दरमा ऋण प्रवाह गर्ने बताउनुभएको छ ।

    एभरेष्ट बैंकको मुलुकभर १ सय १ शाखामा ११ लाख भन्दा बढि ग्राहकहरु रहेका छन् भने भारतको पंजाब नेशनल बैंकसंगको मजबुत र अन्तराष्ट्रिय साझेदारी समेत रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १९, २०७७ सोमवार - १७:२१:१७ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology