शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विभिन्न स्थानमा भएका दुर्घटनामा १२ जनाको मृत्यु

विभिन्न स्थानमा भएका दुर्घटनामा १२ जनाको मृत्यु

नागरिक पाटी

२०, माघ २०७७
  • 5.8K
    SHARES
  • विभिन्न स्थानमा भएका दुर्घटनामा १२ जनाको मृत्यु

    काठमाडौं । बितेका २४ घण्टामा देशका विभिन्न स्थानमा भएका दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । बर्दिया, धनुषा, सर्लाही, झापा र नुवाकोटमा भएका सवारी दुर्घटनामा सात तथा इलाम र सिन्धुपाल्चोकमा भएका घटनामा पाँचजनाको ज्यान गएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक र इलामको सार्वजनिक पोखरीमा शव भेटिएको तथा अन्य तीन स्थानका घटनामा आफ्नै निवासस्थानमा उनीहरुको शव भेटिएको प्रहरीले बताएको छ ।

    images
    images

    नुवाकोटको विदुर नगरपालिका–१० मा दिनेश तामाङको बसले ठक्कर दिँदा आज बिहान मृत्यु भएको जनाउँदै प्रहरीले सोमबार साँझ झापाको शिवसताक्षी नगरपालिका–१ का राजकुमार लिम्बू र गौरादह नगरपालिका–४ का होमप्रसाद उप्रेतीको सवारी दुर्घटनामा ज्यान गएको बताएको छ । सर्लाहीको कौडेना गाउँपालिका–२ र मलङ्गवा नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा तीनजनाले ज्यान गुमाएका प्रहरीले जनाएको छ । रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २०, २०७७ मंगलवार - १७:४९:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology