आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

संघिय सांसद त्रिपाठीद्धारा मिलिजुली महिला सहकारीको भवन शिलान्यास

संघिय सांसद त्रिपाठीद्धारा मिलिजुली महिला सहकारीको भवन शिलान्यास

शिवराज आचार्य

१८, फाल्गुण २०७७
  • 9.9K
    SHARES
  • संघिय सांसद त्रिपाठीद्धारा मिलिजुली महिला सहकारीको भवन शिलान्यास

    महादेववेशी । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ महादेबबेशीमा रहेको मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्थाको भवन शिलान्यस गरिएको छ । १ हजार २ सय भन्दा बढि शेयर सदस्य रहेको सहकारीको भवन आज (मँगलबार) एक औपचारिक कार्यक्रमका विच संघिय सांसद भूमि प्रसाद त्रिपाठीले शिलान्यास गर्नु भएको हो ।

    images

    सहकारी संस्थाले गएको आर्थिक वर्षमा थाक्रे गाउँपालिका वडा नम्बर ११ बालुवा फाँटमा ७ आना जग्गा खरिद गरेको थियो । वि.स २०५६ सालमा विभिन्न समुहका व्यक्तिहरुबाट १० रुपैयाँ बाट बचत सुरु गरेको समुहले सहकारी संस्था दर्ता गरेर थाक्रेका विभिन्न वडामा बचत तथा ऋणको काम गर्दै आएको छ ।

    milijuli.jpg

    मिलिजुली सहकारीको १३ औं स्थापना दिवस तथा १२ औं वार्षिकोत्सबका अबसरमा सहकारीले सहकारीमा शेयर सदस्य भएका जेष्ठ सदस्यहरुलाई नगद रु ५ सय सहित सम्मान पत्रद्धारा सम्मान गरिएको छ । यस्तै विशिष्ट क्षेत्रमा रहेका सहकारीका शेयर सदस्य तथा सञ्चालक समितिका सदस्यहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको छ ।

    भवन शिलान्यस कार्यक्रममा बोल्नु हुँदै सिड्स नेपाल धादिङका कार्यकारी निदेशक गोकर्ण रुपाखेतीले सिड्सले जन्म दिएको सहकारीलाई आगामी दिनमा समेत साथ सहयोग गर्दै जाने बताउनु भएको छ । नागरिकको आय अर्जनमा सुधार ल्याउन सहकारीको ठूलो हात रहेको रुपाखेतीको भनाई छ ।

    त्यसै गरी कार्यक्रममा बोल्नु हुँदै जिल्ला बचत तथा ऋण सहकारी संघ धादिङका अध्यक्ष टाप बहादुर श्रेष्ठले एउटै उद्देश्य भएका सहकारीहरु अब एकिकरण भएर काम गर्नु पर्ने बताएका छन् ।

    milijuli11.jpgत्यसै गरी कार्यक्रमका विशेष अतिथी बागमती प्रदेश सहकारी संघको लेखा समिति संयोजक नेत्रराज पौडेलले भवन निर्माण समयमा नै सम्पन्न हुने बताउनुभएको छ । सहकारीले गरिव नागरिकलाई सुख-दुखमा साथ दिने काम गर्दै आएको लेखा समिती संयोजक पौडेलको भनाई छ । उहाँले हाम्रो जस्तो देशमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुहुँदै मिलिजुली सहकारीले स्थानिय स्तरमा निकै उत्कष्ट काम गरेको पनि बताउनुभयो ।

    कार्यक्रमका विशेष अतिथि थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले सहकारीको भवन निर्माणमा गाउँपालिकाले आर्थिक सहयोग गर्ने बताउनु भएको छ । सहकारीले अर्काे वर्षको वार्षिक उत्सव नयाँ भवनमा बनाउन पाउने गरि भवन निर्माणको काम गर्न सहकारीलाई आचार्यले आग्रह गर्नु गर्नु भएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद भूमि त्रिपाठीले आफ्नो तर्फबाट भवन निर्माणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । भवन निर्माणमा आर्थिक सहयोग अपुग भएमा गाउँपालिकालाई सहयोग गर्न उहाँले आग्रह गर्नु भएको छ ।

    urmila1.jpg

    यस्तै सहकारीका अध्यक्ष उर्मिला रेग्मीले सहकारीलाई यहाँ सम्म ल्याईपुग्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभएको छ ।

    यस्तै कार्यक्रमका विचमा सिड्स नेपाल धादिङले सञ्चालन गरेको लैंगिक शसक्तिकरण परियोजना अन्तर्गत गठन गरिएको सन्सरी महिला समुहलाई सिड्सको समन्वयमा थाक्रे गाउँपालिका वडा नम्बर ११ को आर्थिक सहयोगमा पञ्चेबाजा वितरण गरिएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १८, २०७७ मंगलवार - १८:५८:२९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology