आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भारतमा बस दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु

भारतमा बस दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु

नागरिक पाटी

२२, फाल्गुण २०७७
  • 20.8K
    SHARES
  • भारतमा बस दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु

    काठमाण्डौं । भारतमा बस दुर्घटना हुँदा दैलेखका ४ जना नेपालीको मृत्यु भएको छ । मुत्यु हुनेमा दुल्लू नगरपालिका १३ खर्चेगरा भीमबहादुर रावल, श्रीमति बुद्धि रावल र भतिज टोपेन्द्र रावल हुन् ।

    images

    दुर्घटनामा दुल्लु नगरपालिका–१३ तोलीपानीका तिलक घर्तीको पनि मृत्यु भएको भीमका भाई महेन्द्र रावलले जानकारी दिनुभयो । रावलकाअनुसार दुर्घटनामा भीमबहादुरका छोरा प्रकाश रावल गम्भीर घाइते छन् ।

    उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । भारतको मुम्बईमा रोजगारीका गएका रावल नेपाली नेपाल फर्कदै थिए । उल्ला दुर्घटनामा अन्य नेपालीहरु पनि रहेको र उनको पहिचान नखुलेको महेन्द्रले बताए । रुपैडियातर्फ आउँदै गरेको बस भारतको उत्तरप्रदेशको ग्रेटर नोयडामा दुर्घटना भएको हो ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २२, २०७७ शनिवार - ११:३५:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology