सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

रसुवाको उत्तरगया गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना

रसुवाको उत्तरगया गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना

नागरिक पाटी

६, चैत्र २०७७
  • 9.5K
    SHARES
  • रसुवाको उत्तरगया गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना
    images

    रसुवा (खाल्टे) । उत्तरगया गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालको अध्यक्षतामा गाउँपालिकाद्धारा चालु आर्थिक वर्ष २०७७/०७८ यो अवधीमा सञ्चालित योजना तथा सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता विषयमा सुनुवाई सम्पन्न भएको हो ।

    images

    कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरुले वडामा चालु अवस्थामा रहेका योजनाहरु, सम्पन्न भएका योजनाहरु लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष बम बहादुर तामाङ, वडा नम्बर २ का वडा अध्यक्ष खुवा बहादुर तामाङ, वडा नम्बर ३ का वडा अध्यक्ष लाल बहादुर तामाङ, वडा नम्बर ४ का वडा अध्यक्ष केशर बहादुर वुलुन र वडा नम्बर ५ का वडा अध्यक्ष इश्वर बहादुर थापाले वडाका विभिन्न विषयमा सहभागीहरुलाई जानकारी गराउनुभएको हो ।

    यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन खड्काले चालु आर्थिक वर्षमा भए गरेका कामहरुको बारेमा प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    वडा अध्यक्षहरु र प्रमुख प्रशासकिय अधिकृतहरुको प्रस्तुती पछि सहभागीहरुले गाउँपालिका अध्यक्ष उपेन्द्र लम्साल, उपाध्यक्ष चमेली गुरुङ लगायतलाई गाउँपालिकाको सेवा प्रवाह सँगै विकास निर्माणका प्राथमिकता, खानेपानीको समस्या लगायतको विषयमा प्रश्न वा गुनासो राखेका थिए । सहभागीको प्रश्नको जवाफ सम्बन्धित सरोकारवाला व्यक्तिले दिनुभएको छ ।

    uttarhaya nxt 1.jpg

    कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधी सहितका व्यक्तिहरुको समेत सहभागिता रहेको थियो । स्याउबारीमा रहेको रेडियो लाङटाङ ९०.३ मेगाहर्जको सहजिकरण, रेडियो लाङटाङका स्टेशन म्यानेजर गिता न्यौपाने, नुवाकोट एफएमका स्टेशन म्यानेजर श्रीराम अधिकारी लगायतको सक्रियता रहेको कार्यक्रममा पत्रकार आशिष ठकुरीले कार्यक्रम सञ्चालन गरेका थिए । 

    सभ्य सम्वृद्ध उत्तरगया हाम्रो शान, कृषी जलस्रोत पर्यटन विकासको अभियान भन्ने नारा सहित गाउँपाािलकाले विभिन्न वडा तथा पालिका गौरवको आयोजनाहरुलाई प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको कार्यक्रममा जनाईएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ६, २०७७ शुक्रवार - २१:४६:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology