आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

जापानमा शक्तिशाली भूकम्प

जापानमा शक्तिशाली भूकम्प

नागरिक पाटी

७, चैत्र २०७७
  • 6.1K
    SHARES
  • जापानमा शक्तिशाली भूकम्प

    जापान । जापानमा शक्तिशाली भूकम्प आएको छ। जापानको उत्तरी भागमा रहेको मियागी प्रान्तको समुद्री तटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको समाचार संस्था एपीले खबर दिएको । एपीका अनुसार भूकम्प ७.२ म्याग्निच्यूडको थियो । केही अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले भूकम्प ७.० म्याग्निच्यूडको रहेको जानकारी दिएरहेका छन्।

    images

    एपीका अनुसार राजधानी टोकियोमा पनि भूकम्पको ठूलो धक्का मसहसुस गरिएको थियो । भूकम्पका कारण सडकहरु फाटेका छन् । समुद्रको तटसम्म छाल आइरहेको र सुनामीको खतरा रहेको भन्दै सचेत गराइएको छ।

    जपानको मौसम विज्ञान एजेन्सीले तटीय क्षेत्रमा सुनामी आउने खतरा रहेको भन्दै सचेत गराएको छ । केही क्षेत्रमा भने सुनामी प्रवेश गरिसकेको एपीले जनाएको छ ।

    यसअघि २०११ मा पनि जापानमा भूकम्पपछि सुनामी आएको थियो । अहिलेसम्म भूकम्पबाट कुनै मानवीय क्षति भएको विवरण नआएका जापानी अधिकारीहरुलाई उद्धृत गर्दै एपीले खरब दिएको छ । एजेन्सी

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ७, २०७७ शनिवार - १८:२२:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology