आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धुनिवेशी मेयर कप कराते प्रतियोगिता (तस्विरहरु)

धुनिवेशी मेयर कप कराते प्रतियोगिता (तस्विरहरु)

नागरिक पाटी

१४, चैत्र २०७७
  • 37.6K
    SHARES
  • धुनिवेशी मेयर कप कराते प्रतियोगिता (तस्विरहरु)

    भन्ज्याङ पोखरी (धादिङ) । धुनिवेशी मेयर कप कराते प्रतियोगितामा धुनिवेशी डोजो प्रथम भएको छ । नेपाल सितोरियो कराते डो सँघ धुनिबेशी शाखाको आयोजनामा धुनिबेशी नगरपालिका वडा नम्बर १ भन्ज्याङपोखरीमा भएको प्रतियोगितामा विभिन्न २७ वटा पदकहरु जित्दै धुनिवेशी डोजो प्रथम भएको हो । धुनिबेशीले प्रतियोगितामा स्वर्णपदक ११ वटा, रजत पदक ६ वटा र काश्य पदक १० वटा गरि २७ वटा पदक जितेको हो ।

    images

    यस्तै प्रतियोगितामा बिग बुद्ध डोजो दृतिय भएको छ । बिग बुद्धले स्वर्ण ४, रजत ४ र काश्य २ गरी १० पदक सहित दृतिय भएको हो । यस्तै प्रतियोगितामा सिन्धुपाल्चोक डोजो तृतिय भएको छ । सिन्धुपाल्चोकले स्वर्ण २, रजत ३ र काश्य ५ गरी १० पदक सहित तृतिय भएको हो ।

    प्रतियोगितामा प्रथम, दृतिय र तृतिय हुने समुह तथा व्यक्तिलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा विभिन्न विभिन्न ८ वटा डोजोहरुको सहभागिता रहेको थियो । यस्तै महिला तर्फ अनु मोक्तान र पुरुष तर्फ धन बहादुर विश्वकर्मा उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ ।

    कार्यक्रमको लागि धुनिवेशी नगरपालिका र वडा नम्बर १ को कार्यालयले सहयोग गरेको हो भने विभिन्न सँस्था तथा व्यक्तिहरुले पनि स्वेच्छिक रुपमा सहयोग गरेका छन् । कार्यक्रममा सहभागी अतिथी लगायतलाई मायाको चिनो पनि प्रदान गरिएको छ । यस्तै खेल जगतमा योगदान पुराएको भन्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रशिक्षक हरि बहादुर तामाङ लगायतलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

    कार्यक्रममा प्रमुख अतिथी तथा नगरपालिकाका मेयर बालकृष्ण आचार्यले नगरपालिकामा खेलकुद क्षेत्रका लागि आवश्यक प्याराफिट सहितको खेलकुद मैदानको निर्माण भैरहेको भन्दै खेलकुदको विकास र विस्तारका लागि आफु सदैव तयार रहेको पनि बताउनुभएको छ ।

    यस्तै कार्यक्रममा अध्यक्ष मिथुन तामाङले नगरपालिकामा पहिलो पटक कराते प्रतियोगिता आयोजना गरिएको र यसलाई निरन्तर रुपमा आगामी वर्षहरुमा पनि सञ्चालन गरिने बताउनुभएको छ ।

    नेपाल सितोरियो कराते डो सँघ धुनिबेशी शाखाका अध्यक्ष मिथुन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यको प्रमुख आतित्थ्यता रहेको थियो । यस्तै कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष चन्द्र बहादुर तामाङ, युवा, शिक्षा तथा खेलकुद शाखा धुनिबेशीका प्रमुख सुजनराज खनाल, रेडियो राजमार्ग तथा नागरिकपाटी डटकमका प्रमुख आशिष ठकुरी, अनलाईन केन्द्र डटकमका सम्पादक राज ढुँगाना लगायत विभिन्न कराँते सँघ सँग आवद्ध प्रमुख तथा प्रतिनिधी लगायतको आतित्थ्यता रहेको थियो । प्रतियोगिताको मिडिया पार्टनरको रुपमा रेडियो राजमार्ग ९२।१ मेगाहर्ज र नागरिकपाटी डटकम रहेका थिए ।

    तस्विरहरु हेर्नुहोस्: 

    dojo.jpg

    dojo 1.jpg

    mayor cup.jpg

    dhunibeshi dojo27.JPG

    dhunibeshi dojo11.JPG

    dhunibeshi dojo17.JPG

    dhunibeshi dojo24.JPG

    dhunibeshi dojo25.JPG

    dhunibeshi dojo26.JPG

    dhunibeshi dojo23.JPG

    dhunibeshi dojo21.JPG

    dhunibeshi dojo19.JPG

    dhunibeshi dojo20.JPG

    dhunibeshi dojo18.JPG

    dhunibeshi dojo15.JPG

     

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १४, २०७७ शनिवार - २२:१७:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology