धादिङ । धादिङका प्रदेश सभा सांसद डा.रामकुमार अधिकारी बागमती प्रदेश सरकारमा राज्यमन्त्री बनेका छन् । आज (बुधबार) बागमतीका मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रिपरिषद् विस्तार गर्दै डा.अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
बिस्तारित मन्त्रिमण्डलमा ३ मन्त्री र १ जना राज्यमन्त्री नियुक्त भएका छन् । केशव पाण्डेलाई आन्तरिक मामिला तथा कानून मन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री र सरस्वती बस्नेत र सामाजिक विकास मन्त्रीमा नियुक्त गरेको हो । चारै जना नवनियुक्त मन्त्रीहरुले सपथ ग्रहण गरेका छन् ।