आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अब म के गरुँ ? प्याब्सन, एनप्याब्सन, इस्टु, हिसान वा कोहि अरु ? कि पेशा परिवर्तन ?

अब म के गरुँ ? प्याब्सन, एनप्याब्सन, इस्टु, हिसान वा कोहि अरु ? कि पेशा परिवर्तन ?

नागरिक पाटी

४, जेठ २०७८
  • 15.1K
    SHARES
  • अब म के गरुँ ? प्याब्सन, एनप्याब्सन, इस्टु, हिसान वा कोहि अरु ? कि पेशा परिवर्तन ?

    ✍️ सुजन दाहाल

    images

    फेरि पनि दोस्रो सिजनको लकडाउन सुरु भयो २०७८ मा । शैक्षिक संस्थालाई सुरुमै बन्द गर्नलाई निर्देशन आयो, बन्द पनि भयो । पहाडको घर जाउँ कि सोचेँ तर पछि फेरि बोर्डिङले अनलाइन क्लास चलाउछ कि त ! चलायो भने त ठिकै हो, तर यदि नचलाए फेरि म कसरी जिबिका चलाउनु यो काठमान्डौं को महँगो शहरमा ।

    घर जाँउ भने पोहोर जस्तै गाउँमा नेटले काम नगरेर अनलाइन क्लास चलाउन नसकी जागिर गएको थियो, फेरि त्यही भयो भने ? उमेर पनि त ३७ भैसक्यो, अब मलाई कसले जागिर देला र फेरि ? तसर्थ यहि शहरमै बस्ने निधो गरियो ।

    करिब ३ महिना भौतिक उपस्थितिमा कक्षा चल्न पाएको थियो अनि फेरि दोस्रो लहरको कोरोना भाइरस देखापर्यो र बन्द भयो । अनलाइन क्लास चलाउनुस् भन्ने निर्देशन शैक्षिक संस्थालाई आयो, अनि त्यही अनुसार हाम्रो स्कुलले पनि सुरु गर्यो । आधा महिना भन्दा बढी भयो यो सुरु गरेको ।

    "एक महिना कहिले होला र तलब आउला" भनि कुरिरहेको छु तर के तलब आउला त? कि "सम्झिने,पानी छम्किने" भन्या जस्तै हुने हो? आयो भनी नि कति आउला? "हामिले अभिभावकसंग शुल्क नउठाउने निधो गरेका छौ, तसर्थ तपाइँहरुलाई पच्चीस प्रतिशत मात्र दिन्छौं" भने भनी ? मासिक तलब आफ्नो पन्ध्र हजार रुपैयाँ त छ, अब आउँदा त जम्मा तिन हजार सात सय पचास रुपैयाँ मात्र पो आउँछ त त्यसो भयो भने ।

    मेरो त कोठा भाडा नै महिना को पाँच हजार रुपैयाँ छ, पोहोरकै बाँकी भाडा तिर्नु छ, त्यो कसरी तिर्नु? अनलाइन क्लास चलाउन डाटा लिन नि पैसा चाहियो, खान पर्यो, बस्न पर्यो, यो सब कसरी अब?

    धन्न दुई बच्चा र श्रीमतिलाइ पोहोर घर जाँदा घरमै छोडेर आएछु । यदि आफु संगै लेराएको भए अहिले यो रोग र भोकको महामारीमा कसरी राख्न सक्थेँ होला मैले? कमसेकम अहिले उनिहरु गाउँको घरमा आनन्दले बसेका त छन् ।

    केहि मिल्ने साथीहरु संग यो लकडाउन अबधिको लागी केहि रकम जोहो गर्देउ न भनेको “हामी नि संकटमा छौ, पो भन्छन् । हुन पनि हो, सबैलाई समस्या छ । अनि अर्को आफ्नो नामको आफन्तहरूसंग केहि रकम सापटी मागेको त उल्टै खिस्युटरी पो गर्छन् बा !

    अब म के गरुँ ? प्याब्सन/एनप्याब्सन/इस्टु/हिसान? कोहि अरु? कि पेशा परिबर्तन ? अबको मेरो अवस्था भनेको "पर्ख र हेर" अर्थात "वेट एन्ड सि" मात्र..... क्रमशः

    लेखक गल्छि ६ बैरेनी (महेशदोभान) धादिङका स्थायी बासिन्दा हुनुहुन्छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ ४, २०७८ मंगलवार - १२:५६:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology