वेनीघाट रोराङ गाउँपालिकाको सक्षिप्त परिचय
धादिङ जिल्लाको दक्षिण पश्चिममा रहेका साविकका जोगिमारा¸ धुषा¸ वेनीघाट र महादेवस्थान गा.वि.स.हरु मिलेर वनेको वेनीघाट रोराङ गाउँपालिका उत्तरमा पृथ्वी राजमार्ग देखी दक्षिणमा महाभारत श्रृँखला सम्म फैलिएको छ ।
यस गाउँपालिकाको पूर्वमा गजुरी गा.पा. र मकवानपुर जिल्ला¸ पश्चिममा चितवन जिल्ला¸ उत्तरमा सिद्धलेक गा.पा. गोरखा र चितवन जिल्ला तथा दक्षिणमा चितवन र मकवानपुर जिल्ला पर्दछन ।
कुल १० वटा वडामा विभाजित यस गा.पा. २०६.५२ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । विभिन्न जात जाती¸ भाषा भाषी तथा धर्म सस्कृतिको फुलवारीको रुपमा यस गा.पा. रहेको छ ।
यो पनि पढ्नुहोस्..
पालिका परिचय : गजुरी गाउँपालिका, धादिङ
पालिका परिचय : गल्छी गाउँपालिका, धादिङ