शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा २ लाख ५७ हजार भन्दा बढिमा कोरोना संक्रमण पुष्टि, ४ हजारको मृत्यु

भारतमा २ लाख ५७ हजार भन्दा बढिमा कोरोना संक्रमण पुष्टि, ४ हजारको मृत्यु

नागरिक पाटी

८, जेठ २०७८
  • 8.6K
    SHARES
  • भारतमा २ लाख ५७ हजार भन्दा बढिमा कोरोना संक्रमण पुष्टि, ४ हजारको मृत्यु

    काठमाण्डौं । भारतमा पछिल्लो २४ घण्टामा थप साढे दुई लाखभन्दा बढी कोरोना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार दुई लाख ५७ हजार २९९ जना संक्रमित भएका हुन् ।

    images
    images

    भारतमा सोही अवधिमा थप चार हजार १९४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा भारतमा तीन लाख ५७ हजार ६३० जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।

    भारतमा अहिलेसम्म कुल दुई करोड ६२ लाख ८९ हजार २९० जना कोरोना भाइरसबाट संक्रमित भएको तथ्यांक छ । ती मध्ये २९ लाख २३ हजार ४०० जना अझै पनि संक्रमित अवस्थामै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यसैगरी भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म दुई लाख ९५ हजार ५२५ जनाको मृत्यु भएको छ । तर संक्रमणमुक्त भएकाहरुको कुल संख्या भने दुई करोड ३० लाख ७० हजार ३६५ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ८, २०७८ शनिवार - १५:४१:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology