आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धार्के सहित एकैदिन एनसीसी बैँकको ५ वटा नयाँ शाखा सञ्चालन

धार्के सहित एकैदिन एनसीसी बैँकको ५ वटा नयाँ शाखा सञ्चालन

नागरिक पाटी

१७, आषाढ २०७८
  • 14.8K
    SHARES
  • धार्के सहित एकैदिन एनसीसी बैँकको ५ वटा नयाँ शाखा सञ्चालन

    धादिङ । धार्के सहित एनसीसी बैँकको विभिन्न ५ वटा शाखा सञ्चालनमा आएको छ । बिहिबार धादिङको धार्के सहित चरौँदी, मझिमटार, ताल्ती र नुवाकोटको कोल्पुटारमा शाखा सञ्चालनमा आएको हो ।

    images

    यो सँगै देशभर एनसीसी बैँकको शाखा १३३ वटा पुगेको छ । कोरोना भाईरस कोभिड १९ को जोखिम कायमै रहेकाले धेरै भिडभाड नगरी शाखा सञ्चालनमा ल्याएको धार्के शाखाका म्यानेजर अजय आचार्यले बताउनुभयो ।

    धार्के शाखाको म्यानेजर आचार्य सँगै कोल्पुटार शाखाको म्यानेजर सरोज गजुरेल, चरौँदी शाखाको म्यानेजर माधव ढकाल, मझिमटार शाखाको म्यानेजर सन्दिप भट्टराई र ताल्ति शाखाको म्यानेजर सुदिप गौतम रहनुभएको छ ।

    बैँकले जेष्ठ नागरिक सुरक्षा खाता, सेयरधनी बचत खाता, नागरिक बचत खाता, कर्मचारी बचत खाता, बाल सुरक्षा, महिला सुरक्षा लगायतका खाताहरु सञ्चालन गरेको छ । बैँकले मोबाईल बैँकिङ, ईन्टरनेट बैँकिङ लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :आषाढ १७, २०७८ बिहिवार - १९:०५:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology